नेपालको लागि हुन्डाईको आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनलले नयाँ योजना ‘रोड टु रसिया’को घोषणा गरेको छ।
प्रख्यात फुटबल प्रतियोगिता फिफा वर्ल्ड कपलाई लक्षित गरेर हुन्डाईले आफ्ना ग्राहकका लागि यो योजना सुरु गरकोे हो। हुन्डाई कार भएकाहरुले कम्पनीको वेबसाइटमा उपलब्ध अनलाइन दर्ता फारम भरेर यो योजनामा सहभागी हुन सक्नेछन्।
कम्पनीका अनुसार योजना अन्तर्गत दुई जना भाग्यशालीले रसिया जाने सम्पूर्ण भ्रमण प्याकेजको साथ फिफा वर्ल्ड कप २०१८ को फाइनल म्याचको टिकेट जित्ने मौका हात पार्नेछन्। यस योजनामा अनलाइन दर्ता समावेश छ र दर्ता यही वैशाख २४ गतेदेखि सुरु भई असार १ गते समाप्त हुनेछ।
२०१८ को यो वर्ल्ड कप २१औं हो। प्रत्येक ४ वर्षमा एक पटक मात्र आयोजना हुन्छ। हुन्डाईले फिफासँगको आफ्नो आवद्धता सन् १९९९ देखि सुरु गरेको हो। सन् २०२२ सम्म पनि हुन्डाई फिफाको आधिकारिक अटोमोटिभ पार्टनरको मुख्य प्रायोजक हुनेछ।