टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले जुपिटर क्लासिकलाई पोखरा र चितवनमा सार्वजनिक गर्ने भएको छ। नयाँ जुपिटर क्लासिक यसअघि नै नेपाली बजारमा स्थापित छ।
यस क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आकर्षक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिट सुबिधा छन्।
‘टिभिएस जुपिटर क्लासिक’ पुरै आल्मुनियम बडी तथा ११० सिसी इन्जिनमा छ। यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ। जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ।
क्षेत्रीय शुभारम्भ फागुन ९ गते पोखराको चिप्लेढुंगामा र फागुन १० गते चितवनको टिभिएस शोरुम भरतपुर ओरालोमा हुनेछ।