महिन्द्रा ग्रुपको महिन्द्रा टु ह्विलर्सका लागि आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्निमोटो इन्कले मोजो बाइक बुटबलमा विक्री प्रारम्भ गरेको छ। अग्निमोटोको आधिकारीक विक्रेता श्री पाल्पा भैरब अटोसेन्टर मार्फत विक्री सुरु भएको कम्पनिले जनाएको छ।
महिन्द्राको मोजोले बुटबलमा आफ्नो उच्चक्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गरेर ग्राहकको मन जित्ने विश्वास लिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार महिन्द्रा मोजोमा लिक्विडकुल ३०० सिसि इन्जिन रहेको छ। एफ्आइ सिलिन्डर इन्जिन जसले २७ बि.एच.पि को क्षमताका साथ ३० एनएमको टर्क क्षमता प्रस्तुत गर्दछ।
मोजोमा उच्च टरसिनल रिजिडिटी भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ।
अग्नि ग्रुपले विभिन्न बिधुतिय सवारी तथा बिधुतिय उपकरणको ब्यापार गर्दै आइरहेको छ। कम्पनीले महिन्द्रा ब्राण्डका उत्पादन नेपालमा विक्री र सर्विसीङ सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ।