सन् २००१ मा दोस्रो ठूलो इन्जिन उत्पादकको उपाधी जित्न सफल होण्डाको नेपाली अटो बजारमा राम्रो पकड छ। ग्राहकका आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले विभिन्न मोडलका स्कुटर र मोटरसाइकल बजारमा ल्याएको छ।
होण्डाका स्ट्रीट, स्पोर्ट्स र एड्भेन्चरका लागि तयार पारिएका विभिन्न मोडलका बाइक बजारमा छन्। १ लाख ७० हजार रुपैयाँ मूल्यको होण्डा सिडी ११० देखि २६ लाख ९० हजार रुपैयाँ पर्ने सिआरएफ १००० एल सम्मका मोटरसाइकल नेपाली बजारमा छन्।
यी हुन् होण्डाका ४ लाखभन्दा बढी पर्ने बाइकहरु
स्ट्रीट बाइकहोण्डा सिबी १९० आर
यो एड्भान्स जापानी टेक्नोलोजीमा निर्मित १८४ सिसीको बाइक हो। १५० सिसी इन्जिनको जति मात्रै तेल खपत हुने दावीसहित कम्पनीले यो मोडललाई बजारमा ल्याएको हो।
एलइडी लाइट र इन्भर्टेड फोर्क लाइट यसमा समावेश छ। १२ लिटर फ्युल ट्यांक, हाइड्रोलिक फ्रन्ट र रियर डिस्क ब्रेक, एयर कुलिङ सिस्टम समावेश यसको बजार मूल्य ५ लाख ९९ हजार रुपैयाँ छ।
सिबी ५०० एफ
४७१ सिसीको यो मोटरसाइकलमा एलइडी फ्ल्यास लाइट तथा हेडल्याम्प सहित डिजिटल प्यानल जडान गरिएको छ। यसमा १६.७ लिटरको इन्धन ट्यांक छ। स्पोर्ट्स एड्जस्ट, टु सिलिन्डर, फोर स्ट्रोक र लिक्वीड कुलर जस्ता विशेषता भएको यो बाइकको बजार मूल्य १३ लाख ९९ हजार रुपैयाँ छ।
स्पोर्टस् बाइकसिबी आर १५० आर एसटिडी
६ गियर भएको १४९.४ सिसीको यो बाइकमा १३ लिटरको इन्धन ट्यांक छ। आपतकालीन अवस्थाको लागि २ लिटर रिजर्ब तेल रहन्छ। एलइडी टेल लाइट सहित फ्रन्ट र रियर डिस्क ब्रेक, सिङ्गल सिलिन्डर, ३८ कि.मि. प्रति लिटर माइलेज रहेको यसको मूल्य ४ लाख ४० हजार रुपैयाँ तोकिएको छ।
सिबी आर २५० आर एसटिडी
२४९.६ सिसी इन्जिन क्षमता भएको यस मोटरसाइकलमा ६ गियरको स्पिड छ। १३ लिटरको इन्धन ट्यांक रहेको यो सिरिजले २९ कि.मि. प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ। यो सिरिज कालो, रातो, सेतो र पहेँलो रंगमा बजारमा छ। बजार मूल्य ४ लाख ४० हजार रुपैयाँ तोकिएको छ।
सिबी आर २५० आर एसटिडी रेप्सोल एडिसन
१३५ कि.मि. स्पिड सीमा तोकिएको रेप्सोल एडिसनमा सिङगल सिलिन्डर सहित ६ गियरको स्पिड छ। १३ लिटर क्षमताको तेल ट्यांक रहेको यो सिरिजले ३० देखि ४० कि.मि. प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ। रेप्सोल एडिसनको मूल्य बजारमा ५ लाख ७९ हजार ९ सय रुपैयाँ छ।
सिबी आर २५० आर (एबिएस)
२४९.६ सिसी क्षमता भएको सिबी आरमा सिङ्गल सिलिण्डर इन्जिन छ। ६ गियरको स्पिड, १३ लिटर तेल ट्यांक सहित १४५ कि.मि स्पिड सीमा कम्पनीले तोकेको छ। रातो, कालो, सेतो कलरमा आएको यो बाइकले औसत ३५ कि.मि. प्रतिलिटर माइलेज दिने कम्पनीको भनाइ छ।
यसको डिस्क ब्रेकमा एबिएस सिस्टम पनि जडान गरिएको छ। एबिएसको काम डिस्क ब्रेक लगउँदा चक्कालाई पुरै जाम हुन नदिने र चालकलाई ब्रेकको कारणले लड्नबाट जोगाउनु हो। यो बाइकको बजार मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ छ।
सिबी आर २५० आर (एबिएस) रेप्सोल एडिसन
सुरक्षाको विषयलाई प्राथमिकता राख्दै डिस्क ब्रेकमा (एबिएस) जडान गरी सि.बि.आर रेप्सोलको सीमित एडिसन पनि बजारमा छ। २४९.६ सिसी क्षमताको यो बाइकमा ६ गियर, सिङ्गल सिलिण्डर छ। १३ लिटर इन्धन ट्यांक रहेको यो बाइकको ३५ कि.मि प्रति लिटर माइलेज तोकिएको छ। यसको बजार मूल्य ६ लाख ४९ हजार रुपैयाँ छ।
सिबीआर ६५० एफ
१९४ कि.मि.सम्म प्रति घण्टा स्पिड तोकिएको यो बाइकको मूल्य १९ लाख ९९ हजार रुपैयाँ छ। ब्ल्याक मेटालिक र मिलिनियम रेड कलरमा यो मोटरसाइकल बजारमा उपलब्ध छ। ६४८.७२ सिसी इन्जिन क्षमता यसमा छ। यो बाइकमा ६ गियरको स्पिड तथा ४ सिलिण्डर समावेश छ।
सिबीआर ६०० आर.आर
रातो र कालो रंगमा बजारमा आएको सिबीआर ६०० आरआरको इन्जिन क्षमता ५९९ सिसीको छ। यो बाइकमा लिक्वीड कुल्ड फोर स्ट्रोक इन्जिन रहेको छ। सिङगल पिस्टन हाइड्रोलिक क्यालिपर, एविएस ब्रेकिङ सिस्टम यसमा छ। ६ गियरमा रहेको यो बाइकको बजार मूल्य २४ लाख २५ हजार रुपैयाँ छ।
एड्भेन्चर बाइकएक्स आर १५० एल
विशेषतः कच्ची बाटोको लागि तयार पारिएको यो बाइक अन्य भन्दा अग्लो देखिन्छ। ४४ इन्च अग्लो यस मोटरसाइकलमा १२ लिटरको इन्धन ट्यांक छ। फोर स्ट्रोक सहित सिङगल सिलिण्डर रहेको इन्जिनको क्षमता १४९ सिसी छ।
जसको गियर स्पिड ५ सम्म छ। स्टार्ट गर्नको लागि सेल्फ र किक दुवै सुविधा भएकाले चिसोबाट छुटकारा दिलाउँछ। यसको बजार मूल्य ४ लाख ८० हजार रुपैयाँ छ।
एक्स आर १९० एल
फार्म अफरोड नाम दिइएको यो बाइकको इन्जिन क्षमता १८४ सिसी छ। रातो रंगमा मात्र बजारमा आएको यसमा २० केजी सम्म सामान बोक्न मिल्ने क्यारी र्याक पनि समावेश छ। ‘एक्स्ट्रा मड प्रोटेक्सन’ले गर्दा बाइकलाइ हिलो बाटोले त्यति फरक पार्दैन।
१२ लिटरको इन्धन ट्यांक भएकाले टाढाको गन्तव्यलाई पछ्याउँदा चिन्तित हुनु नपर्ने कम्पनीको दावी छ। पाँच गियर सहित बजारमा आएको यसको मूल्य ५ लाख ७० हजार पर्दछ।
सिआरएफ २५० एल (एबिएस)
एबिएस ब्रेकिङ सिस्टम जडित यो पनि डर्ट बाइक नै हो। २४९.५ सिसी इन्जिन क्षमता रहेको बाइकमा सिङगल सिलिण्डर छ। ६ गियरको स्पिड रहेको २५० एल रातो रंगमा मात्र बजारमा छ।
१० लाख ५० हजार रुपैयाँ मूल्य रहेको यसको इन्जीनलाई माटोबाट बचाउन ‘स्किड प्लेट’ जडान गरिएको छ। सेल्फ स्टार्ट भएको यसमा ७.८ लिटर इन्धन भण्डारण क्षमता छ। अगाडि र पछाडि रहेको पिस्टन ब्रेकिङ सिस्टमले स्पिड कन्ट्रोल गर्न मद्दत गर्छ।
सिआरएफ र्याली २५० (एविएस)
एलइडीको प्रयोग गरी बनाइएको पावरफुल हेडलाइटलाई ढुँगाबाट बचाउन स्किड प्लेटले कभर गरिएको छ। जसले गर्दा र्याली २५०को फ्रन्ट भ्यु युनिक देखिन्छ। डिजिटल ड्यासबोर्ड सिस्टममार्फत सवारीको स्थितिको बारेमा जानकारी लिन सकिन्छ।
सिङगल सिलिण्डर, फोर स्ट्रोक रहेको इन्जिनको क्षमता २४९ सिसी छ। १२ लाख ७५ हजार रुपैयाँ बजार मूल्यको यो बाइकमा १०.१ लिटर टयांक र ६ गियरसम्मको स्पिड छ। यो कालो, रातो र सेतो कलरमा उपलब्ध छ।
सिआर एफ १००० एल अफ्रिका ट्वीन एसटिडी
२५ लाख ५० हजार रुपैयाँ मूल्य रहेको यो सिरिजको बाइकमा ९९८ सिसीको इन्जिन प्रयोग गरिएको छ। १९ लिटर इन्धन ट्यांक, टु सिलिण्डर (ट्विन इन्जिन) ६ गियर, अटोमेटिक डुअल क्लच, एलइडी (हेड, टेल, इन्डिकेटर), डिजिटल स्पिडोमिटर, लो ओइल इन्डिकेटर, लो फ्युल इन्डिकेटर जस्ता फिचर यसमा छन्।
सिआर एफ १००० एल अफ्रिका ट्वीन डिटिसी
९४ हर्स पावर सहितको डिटिसी मोडलमा ९९९.१ सिसी प्याररल ट्वीन इन्जिनको प्रयोग गरीएको छ। चार्जीङ सकेट, इमरजेन्सी स्टप सिङ्गल, लिक्वीड कुल्ड फोर स्ट्रोक इन्जिन रहेको यो बाइकमा २४.२ लिटरको इन्धन ट्यांक छ। ६ गियरको स्पिड, दुई च्यानल रियर एबिएस स्विच अफ सिस्टम पनि समावेश छ। यसको बजार मूल्य २६ लाख ९० हजार रुपैयाँ तोकिएको छ।