टाटा मोटर्सले सात नयाँ रेन्जका साना तथा मझौला गाडीहरुको बिक्री शुरु गरेको घोषणा छ। टाटाले एलपिटी ८१०, एलपिटी १०१०, एलपिटी ९१२, एलपिके ९१२, एलपिटी ११०९, एलपिके १२१२ र एलपिटी १४१२ को विक्रि सुरु गरेको हो।
यी सबै मोडेलका गाडीहरु डिजेल ईन्जिनमा छन्। यी गाडीले तेल किफायत कम गर्ने, कम खर्चिलो र चलाउनमा बढी आरामदायी भएको कम्पनीको दावी छ।
१७ लाख ५० हजारबाट शुरुवाती मूल्य भएका लाईट ट्रकदेखि ११ टन बोक्ने क्षमतासम्मका छन्। कम्पनीले विस्तारै देशभरि नयाँ ३ क्यूमि देखि ६.५ क्यूमि क्षमता भएका ट्रिपरहरुको बिक्री शुरुवात गर्ने योजना रहेको जनाएको छ।
एलपिटी ८१०, १०१० र ११०९ का ट्रकमा गियर बक्स सिस्टम (जिबिएस) ५५० मा साथ जडित छन् भने एलपिटी १४१२ मा जिबिएस ४० जडित छ।
जिबिएस ५५० मा ६ वटा फरवार्ड र एउटा रिभर्स गियर अप्सन छ। आरामदायी गियर सिफ्टीङ्ग प्रविधिको साथै तातोपन फैलावटको लागि आल्मुनियमको हाउजिङ्ग जडान गरिएको छ।
त्यस्तै जिबिएस ४० मा प्रमाणित भैसकेको ५ फरवार्ड र एउटा रिभर्स गियर सुविधा सहित ३ लाख कि.मी. सम्म वा ३ वर्ष सम्म वारेन्टीका साथमा पाइने कम्पनीले जनाएको छ। यी मोडेलहरुमा ४९७ टिसिआईसी सिआर ईन्जिनमा आउने भएकोले १२५ हर्सपावर र ४०० एनएम टर्क विशेषता रहेको छ।
बलियो च्यासिस, क्लचप्लेट साथै कडा हेभी ड्युटी लिफ स्प्रिङ्गले गर्दा गाडीहरु बर्षौंसम्म बेजोड रुपमा चल्न सक्ने कम्पनीको दावी छ।
कार्यक्रममा बोल्दै टाटा मोटर्सका कमर्सियल गाडी तथा अन्तर्राष्ट्रिय व्यापारका प्रमुख रुद्ररुप मैत्रले टाटाका मझौला तथा साना ट्रकहरु बेजोड क्षमता, आरामदायी र सुरक्षित रहेको दावी गरे।
कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यी नयाँ सिआर रेन्जका मझौला तथा साना कमर्सियल ट्रकहरुको आशालाग्दा विशेषताहरुले ग्राहकमा थप विश्वास जागेको बताए।