लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा सन् २००९ देखि हुन्डाइको ‘एसेन्ट’ गाडीको बिक्री थालेको हो।
जुन गाडी २०१२ को नाडा अटो शोपछि भर्नाको नामले बिक्री हुन थाल्यो। कुनै देशमा भर्ना, कुनै देशमा ‘एसेन्ट’ र चीनमा ‘आइएक्स २५’ को नामले गाडी बिक्री हुँदै आइरहेको छ।
नाम जे भएपनि गाडी भने उही हो। नेपालमा २०१५ मा भर्ना ‘४ एस’ सार्वजनिक भयो। त्यस्तै गत कात्तिक २७ गते यसको पाँचौ पुस्ता ‘द नेक्स्ट जेन भर्ना’ सार्वजनिक भयो। नेपालको लागि भने यो भर्नाको तेस्रो पुस्ता हो।
विश्व बजारमा सन् १९९९ को अक्टोबर देखि यसको विक्रि सुरु भएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सेल्स एण्ड मार्केटिङ सहायक महाप्रवन्धक रुपेश शर्मा भट्टले बताए। भर्ना संसारभर हालसम्म करिव ९० लाख युनिट बिक्री भइसकेको उनको दावी छ।
भट्टका अनुसार हुन्डाइको यो संस्करणको गाडी ६६ वटा देशमा बिक्री वितरण भइरहेकोे छ। केही दिनअघि मात्र ‘द नेक्स्ट जेन भर्ना’ ‘इन्डियन कार अफ द इयर २०१८’ बाट सम्मानित भयो। यो पुरस्कार भारतको अटो बजारमा दिइने सबैभन्दा प्रतिष्ठित र निश्पक्ष पुरस्कार मानिन्छ।
हुन्डाईले यो अवार्ड पाएको पहिलो पटक होइन। यो भन्दा पहिले २००८, २०१४, २०१५ र २०१६ मा पनि पाइसकेको छ। यो अवार्ड यति धेरै पटक पाउने र ह्याट्रीक समेत गर्ने हुण्डाई एक मात्र ब्राण्ड भएको भट्ट बताउँछन्।
नेपाली अटो बजारमासार्वजनिक हुनु अगावै राम्रो चर्चा कमाएको ‘द नेक्स्ट जेन भर्ना’ ले सोचे भन्दा निकै राम्रो प्रतिकृया पाइरहेको मार्केटिङ सहायक महाप्रवन्धक भट्टले जानकारी दिए।
‘‘द नेक्स्ट जेन भर्ना’ सेडान सेग्मेन्ट मनपराउने ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको छ, हामीले सोचेको भन्दा करिव २५ प्रतिशत धेरै बिक्री भइसक्यो’ उनले भने।
सुरुमा गाडीको अर्डर नपुगेर केही ग्राहकलाई पर्खाउन पर्ने अवस्था समेत आएको उनले बताए। ‘अहिले पर्याप्त गाडी मगाएका छौँ, ताकि ग्राहकलाई पर्खाउनु नपरोस्’ भट्टले थपे।
हुन्डाईको विश्वब्यापी रुपमा लोकप्रिय ‘इलेन्ट्रा’ को प्ल्याटफर्मबाट यसलाई निर्माण गरिएकोले यो धेरैको रोजाइमा परेको कम्पनीको भनाइ छ।
यसको उत्कृष्ट लुक्स, ड्राइभिङ ब्यालेन्स, सहज महसूस, आकर्षक इन्टेरियरले ग्राहकलाई मोहित बनाएको भट्टले बताए। ‘पहिले यो गाडी एसेन्टको नाममा कोरियामा बन्थ्यो भने भर्नाको नामले भारतमा बन्यो, तर अब भने संसार भरको लागि भारतबाटै बन्ने हुँदा अन्तर्राष्टिय स्तरको हुनेमा दुईमत छैन’ उनले भने।
यो गाडीको खरिदमा ग्राहकले ३ वर्षको वारेन्टी, ४ वर्षको निशुल्क सर्भिसिङ (१२ पटक), एक आर्थिक वर्षको सवारी कर चुक्ता र १ लाख ८५ हजार शोरुम डिस्काउन्ट पाउनेछन्।
कारको बारेमा थप१.६ लिटरको इञ्जिन रहेको ‘द नेक्स्ट जेन भर्ना’ ले १२३ पीएस पावर दिन्छ। यसले ४८५० आरएमपीमा १५.४ केजीएमको टर्क उत्सर्जन गर्छ।
यो आकर्षक बनौट र अत्याधुनिक विशेषता तथा सुविधा सम्पन्न भएको कम्पनीको दावी छ। कम्पनीले यसको डिजाइन, कार्यप्रदर्शन, फिचर्स र सेफ्टिमा कुनै सम्झौता नगरेको जनाएको छ।
गाडीलाई बलियो बनाउनको लागि ५० प्रतिशत ‘एड्भान्स हाई स्ट्रेन्थ स्टिल’को प्रयोग गरिएको बताइएको छ। ५ भेरियन्टमा कार उपलब्ध छ।
यीमध्ये कम्पनीले इएक्सको ४२ लाख ९६ हजार, एसएक्सको ४४ लाख ९६ हजार, इएक्स अटोमेटिकको ४६ लाख ९६ हजार, एसएक्स (ओ) को ५० लाख ९६ हजार र एसएक्स अटोमेटिकको ५५ लाख ५६ हजार निर्धारण गरेको छ।
गाडीमा एलइडी टेल ल्याम्प, सार्क फिन एन्टेना, हुड क्यारेक्टर लाइन्स, मस्क्युलर ड्योल टोन बम्पर, रेयर क्रोम गार्निस, ७ इन्च टच स्क्रिन अडियो र भिडियो नेभिगेसन, कुल्ड ग्लोभ बक्स, डोरसाइड म्याप पकेट, उचाईँ मिलाउन सकिने सिट, रेयर सिट आर्मेस्ट कप होल्डर, लगेज ल्याम्प लगायत २१ वटा भन्दा धेरै अत्याधुनिक फिचर्स समावेश गरिएको छ।