एमएडब्लु इन्टरप्राइजेजले दसैं ग्राहक योजना ‘क्यास–इन–ओ’ अन्तर्गतको साप्ताहिक लकी ड्रका नवौं विजेता घोषणा गरेको छ।
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता सो कम्पनीले दसैंलाई लक्षित गर्दै अफर ल्याएको थियो। यो अफरको नवौं विजेता इटहरीका थगेन्द्र थापा बनेका छन्। उनले एक लाख रुपैयाँ पुरस्कार हासिल गर्नेछन्।
कात्तिक मसान्तसम्म रहने अफर अन्तर्गत मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकलाई तुरुन्तै सात हजार रुपैयाँ छुट दिइनुका साथै साप्ताहिक लक्की ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा ¥यापिड कार राखिएको छ।
साप्ताहिक लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक सोमबार हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट ६’ र यामाहा नेपालको आधिकारिक फेसबुक पेजमा गरिन्छ।
यो योजनाको पहिलो साप्ताहिक विजेता काठमाडौंका दिपेन्द्र बस्नेत भएका थिए। उनीपछि रिचा श्रेष्ठ, आयुष शाक्य, नगेन्द्र श्रेष्ठ, बालिका खनाल, मिराना ग्लोबल प्रालि., शोभन घिमिरे र राम जंग गुरुङ साप्ताहिक लक्की ड्रबाट विजेता घोषित भए।
यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका बाइक र स्कुटर विक्री गर्दै आएको छ। स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर ३ उपलब्ध छन्। यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी २५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो।