गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डमा समानान्तर कमिटी गठन भएको छ।
समानान्तर कमिटीको अध्यक्ष सञ्जय ढकाल भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्ष मदनराज अधिकारी भएका छन्। उपाध्यक्षहरूमा अरूणराज भट्टराई, सुमन अधिकारी, ओम प्रकाश अधिकारी, दिनेश बुढाथोकी, सरोज खनाल र मिना थापा छन्। सुरज भण्डारी महासचिव बनेका छन्।
यसअघि महेन्द्र श्रेष्ठको नेतृत्वमा एनआरएनए थाइल्याण्डको कार्यसमिति घोषणा भइसकेको छ।
शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिले गरेको अधिवेशनबाट अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित भएसॅंगै एनआरएनए औपचारिक रूपमा विभाजन भएको थियो। यसकै प्रभाव एनसिसी (राष्ट्रिय समन्वय परिषद) हरूमा पनि परेको छ।