चर्चित लोकगायिका सुनिता दुलाल वैवाहिक सम्बन्धमा बाँधिने भएकी छन्।
उनले रूकुम पश्चिम स्थायी घर भई काठमाडौंमा बस्दै आएका राजेश केसीसँग विवाह गर्न लागेका हुन्। यही मंसिर १३ गते शनिबार काठमाडौंस्थित एक रिसोर्टमा यी दुईको विवाह समारोह आयोजना गरिएको छ।
सिन्धुपाल्चोक स्थायी घर भएकी सुनिता भक्तपुरमा बस्दै आएकी छिन्।