भारतीय फिल्म 'सैयारा' ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ। यो फिल्मले पहिलो साता भारतमा १ सय ७५ करोडभन्दा बढी कमाइ गरेको छ।
भारतीय संचारमाध्यमका अनुसार फिल्मले बिहीबारसम्म १ सय ७५ करोड २५ लाख भारू नेट कमाइ गरेको हो।
नव कलाकारहरू अभिनीत फिल्मका लागि 'सैयारा' पहिलो साता सर्वाधिक कमाउने फिल्म समेत बनेको छ।
अहान पाण्डे र अनित पड्डा अभिनीत फिल्मले पहिलो दिन २२ करोड कमाएको थियो। शनिबार २६ करोड २५ लाख कमाएको फिल्मको कमाइ आइतबार ३६ करोड २५ लाख पुग्यो।
फिल्मले सोमबार २४ करोड २५ लाख, मंगलबार २५ करोड, बुधबार २२ करोड र बिहीबार १९ करोड ५० लाख भारू कमाइ गर्यो।
मोहित सुरी निर्देशित यो म्युजिकल लभस्टोरी फिल्मलाई खासगरी युवापुस्ताले निकै रूचाएका छन्। नेपालमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ।