बलिउड अभिनेता आयुष्मान खुराना र अभिनेत्री रश्मिका मन्दनालाई लिएर फिल्म 'थामा' बन्ने भएको छ।
अभिनेता आयुष्मानले इन्स्टाग्राममा एक भिडिओ सेयर गरेका छन्। जसमा आयुष्मानको नाम रगतले लेखिएको छ। फिल्ममा आयुष्मान नर-पिशाचको भूमिकामा देखिनेछन्।
यो दिनेश विजनको हरर कमेडी युनिभर्सको फिल्म हो। यस युनिभर्सको 'स्त्री', 'स्त्री २', 'भेडिया' र 'मुंज्या' सुपरहिट भइसकेको छ।
'थामा' लाई निर्देशक आदित्य सरपोतदारले निर्देशन गर्नेछन्। फिल्ममा आयुष्मान र रश्मिकासँगै परेश रावल र नवाजुद्दीन सिद्दीकीको अभिनय रहनेछ।
यो फिल्म सन् २०२५ मा प्रदर्शन हुनेछ।