जीन्दगीको हाइवेको कुनै पूर्व निर्धारित रूट हुँदैन्। यसको रूट जीन्दगीको डोजरले आफै खान्छ। मान्छेपिच्छेका आआफ्नै हाइवे। बलिउडले वर्षेनी सयऔ संख्यामा फिल्मी पर्दामा थुप्रै कथा पस्कन्छ। यहाँ काम गर्नेका कयौका कथा फिल्मका भन्दा कम हुँदैन्। बलिउडमा नेपथ्यमा काम गर्ने शगुफ्ता रफीक एउटी त्यस्तै पात्र हुन् जसले जीन्दगीको यात्रालाई दलदलबाट सुरू गरिन र बलिउडको चमकदमकसम्म पुर्याइन्।
उनको परिचय आज एउटा फिल्म लेखिकाको रूपमा रहेको छ। 'आशिकी २' जस्तो फिल्मले उनलाई फरक पहिचान दिलायो। जीवनको एक समय उनी वेश्यावृतिको दलदलमा भासिएकी थिइन्। १७ वर्षको उमेरमा आफ्नो शरिर बेच्नुपर्यो जुन उनी २७ वर्षकी हुँदासम्म चलिरह्यो।
एउटा अन्तरवार्तामा उनले त्यो भोगाइको वर्णन यस्तो थियो।
'साढे सत्र वर्षको उमेरमा म नगरवधु बने। पहिलो पटक एउटा अन्जान मान्छेलाई मैले सुम्पे। अन्जान मान्छेलाई आफ्नो कुमारित्व सुम्पनु मेरा लागि दर्दनाक थियो। २७ वर्षसम्म एउटा मान्छबाट अर्को मान्छेसँग बेचिइरहे। म वेश्यावृतिमा छु भनेर मेरी आमालाई समेत थाहा थियो।'
उनले आमा भनेर चिनेकी महिला उनकी आफ्नी साख्य आमा थिइनन्। उनलाई आफ्नी वास्तविक आमा को हुन् थाहा छैन्।
उनलाई अनवरी बेगम नाम गरेकी महिलाले धर्मपुत्री बनाएकी थिइन् जसलाई उनी आफ्नी आमा मान्दछिन्। आफ्नो जीवन अस्तित्वको बारेमा उनले ३ कुरा सुनेकी छिन् जसमध्ये कुन सहि हो उनी जान्दिनन्।'त्यो बेला मलाई ३ वटा कुरा भनिन्थ्यो। एक म आफ्नो जमानाकी चर्चित अभिनेत्री तथा निर्देशक बृज सदानाकी श्रीमती सईदा खानकी छोरी हुँ। दोस्रो म कसैको अवैध सन्तान थिए। तेस्रो मेरा बाबुआमा अत्यन्त गरिब जसले मलाई फालिदिए।। मेरो सम्झनामा म २ वर्षकी थिएँ, जब सईदाको बिहे बृज साहेबसँग भयो। मलाई मान्छेले धेरैजसो अनवर बेगमसँग रहेको बेला 'हजुरआमासँग जाँदैछौ?' भनेर सोध्ने गर्थे।
सानो उमेरमा उनलाई मान्छेले नराम्रो गाली गर्दथे जसका कारण उनी एक्लै रूने गर्थिन्। मानिसहरूको हेपाइले उनी क्रुर बनिन्। स्कूल छाडिदिइन्। मान्छेहरूसँग झगडा गर्न थालिन्।
मान्छेसँग घृणा भएर उनले त्यसो गरेकी थिइनन्। उनलाई मान्छेले घृणा गरेकाले प्रतिक्रिया स्वरूप त्यसो गर्थिन्।
यस्तैगरी जीवन चल्दै थियो तर अनवरी बेगमको आर्थि हैसियत खस्किदैं गरेपछि उनको जीवन दलदलमा प्रवेश गर्यो। उनले उच्च स्तरिय नीजि पार्टीहरूमा १२ वर्षको उमेरबाट नाच्न सुरू गरिन्।
यसरी नाच्दानाच्दै १७ वर्षको उमेरमा वेश्यावृतिमा लागिन्। २७ वर्षसम्म यो क्रम जारी नै रह्यो। एकदिन उनलाई कसैले दुबई जाने सल्लाह दियो। कारण त्यहाँ भारतको दाँजोमा १० गुना बढि कमाइ हुने बताइएको थियो। दुबईमा उनले नाच्ने काम मात्र गरिन्। अनवर बेगम बिरामी भएपछि उनी मुम्बई फर्किन्। केही समयपछी क्यान्सरले अनवरलाई लग्यो। यस दौरान उनी मुम्बई र बैगंलोरमा आफ्नो प्रस्तुति दिने गर्थिन्।
उमेरले ३६ वर्ष टेकेपछि सन् २००२मा उनको भेट फिल्म निर्माता एवं निर्देशक महेश भट्टसँग भयो। उनले आफ्नो लेख्ने इच्छा रहेको बताइन्। त्यसको ४ वर्षसम्म उनले कुनै मौका पाइनन्। अन्तत; उनको समय आयो। निर्देशक मोहित सुरीले 'कलयुग' फिल्मका लागि २ सिन लेख्न लगाए। तत:पश्चात उनको जीन्दगीको बाटो फेरियो। उनी बलिउड प्रवेश गरिन्। उनले त्यसपछि 'वो लम्हे', आवारापन, राज २, जिस्म २, मर्डर २, राज ३ तथा आशिकी २ जस्ता फिल्म लेख्न पाइन्।