सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सोमबारदेखि सुरू हुँदैछ।
उद्घाटन खेल अपराह्न ४ बजे हुनेछ।
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज् भिड्दैछन्।
प्रतियोगिताको पहिलो दिन भएकाले उद्घाटन समारोह पनि केही बेर चल्नेछ।
दर्शकहरूहरू फाटफुट आउन थालिसकेका छन्।
एनपिएल हेर्न जाने केही दर्शकलाई पार्किङ कहाँ गर्ने भन्ने चिन्ता हुन सक्छ।
सवारीसाधनको व्यवस्थापनका लागि पाँच वटा स्थाना पार्किङ तोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
भिआइपी/भिभिआइपीको लागि टियुको मुख्य मेनगेट भित्र पार्किङको व्यवस्था गरिएको छ।
तीनकुने नजिकैको ग्राउन्डमा पार्किङ 'ए' राखिएको छ।
घडी आइल्यान्ड नजिकको ग्राउन्डमा पार्किङ 'बी' तोकिएको छ।
घडी आइल्यान्ड देखि टियु मेन गेटसम्म पार्किङ 'सी' र सुन्दरीघाट/सानेपा खोला करिडोरसम्म पार्किङ 'डी' तोकिएको छ।