युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाले सानदार जित निकालेको छ।
गएराति रेड स्टार स्टेडियममा स्पेनिस क्लब बार्सिलोनाले सर्वियन क्लब रेड स्टार बेलग्रेडमाथि ५-३ को सानदार जित निकालेको हो।
बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे।
गोलको सुरूवात बार्सिलोनाका इनिगो मार्टिनेजले गरेका थिए। उनले १३ औं मिनेटमा गोल गरे। २७ मिनेटमा बेलग्रेडका सिलसले बराबरी गोल फर्काए।
४३ र ५३ मिनेटमा लेवान्डोस्कीले गोल गरेका थिए। लगत्तै ५५ मिनेटमा बार्सिलोनाका कप्तान राफिन्हाले गोल थपे । ७६ मिनेटमा फरमिन लोपेजले गोल गरेपछि बार्सिलोनाले बेलग्रेडमाथि कुल ५ गोल गरेको हो।
८४ मिनेटमा बेलग्रेडका मिल्सनले गोल थपेपछि बार्सिलोना ५-२ गोलले विजयी भएको थियो।
गएराति नै भएको खेलमा एथ्लेटिको मड्रिडले पिएसजीलाई २-१ गोलले पराजित गरेको थियो।
बार्सिलोना ४ खेलबाट ९ अंक जोड्दै छैटौं स्थानमा छ। बेलग्रेड लगातार चार खेलमा पराजित हुँदै ३५ औं नम्बरमा छ। पिएसजी २५ र एथ्लेटिको मड्रिड २३ औं स्थानमा छ।