यूइएफए यूरोपा लिगअन्तर्गत एथ्लेटिको बिल्बाओ र स्पार्टाक मस्कोबीच हुने खेलपूर्व भएको झडपमा परी एक प्रहरी अधिकृतको मृत्यु भएको छ।
सान मामेजमा भएको खेलपूर्व दुवै टोलीका समर्थकबीच हुलदंगा भएको थियो। त्यही दंगा नियन्त्रण गर्ने क्रममा प्रहरी अधिकृतलाई हृदयघात भएको थियो। हृदयघातका कारणले उनको मृत्यु भएको हो। पाँच जना दंगाकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिल्बाओको प्रहरी तथा स्पेनका प्रधानमन्त्रीले समेत मृत्यु भएका प्रहरी अधिकृतलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए।
दोस्रो लेगको खेलमा मस्को २–१ गोलले विजयी भएपनि समग्रमा ४–३ गोलले विजयी हुँदै एथ्लेटिको बिल्बाओ अघिल्लो चरणमा पुगेको छ। खेलमा भएको झडपका विषयमा अनुसन्धान गरिने यूरोपियन फूटबल एशोसिएशनले जनाएको छ।