सुनसरी ११ फिदिममा जारी नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न पहिलो सेमिफाइलनमा रूपन्देही ११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै सुनसरी उपाधि नजिक पुगेको हो ।
सुनसरीका लागि खेलको १५ औं मिनेटमा तिर्थ बस्नेतले गोल गर्दै सुरुवाती अग्रता दिलाए । निक्कै प्रतिस्पर्धात्मक खेलको २८ औँ मिनटमा सुनसरीका लागि निशान लिम्बूले गोल गर्दै अग्रता दोब्बर पारे।
२ गोल अन्तरले पछि परेको रुपन्देहीले दोस्रो हाफमा लयमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन् । दोस्रो हाफको ३७ औँ मिनेटमा सुनसरीका लागि हेमन्त थापा मगरले गोल गर्दै अग्रता अझ फराकिलो पारे।
निक्कै दबावमा परेको रुपन्देहीले गोल गर्ने मौकाहरु गुमाउँदा खेलबाट बाहिरिनु पर्यो । खेलको थप सयममा छिरिङ गुरुङले रूपन्देहीका लागि शान्तवना गोल फर्काए ।
बिहीवारको खेलको म्यान अफ दी म्याच सुनसरी ११ का कप्तान विष्णु सुनुवार भए।
प्रतियोगिता अन्तर्गत शुक्रबार डिफेन्डिङ च्याम्पियन विर्ता यनुाइटेड झापा र मोरङ ११ बिच दोस्रो सेमिफाइनल हुनेछ। प्रतियोगिताको फाइनल खेल आइतबार हुने आयोजक फिदिम स्पोर्टिङ क्लवले जनाएको छ।
प्रतियोगिताका विजेताले ३ लाख र उपविजेताले २ लाख राशिको पुरस्कार हात पार्ने छन्।