चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पहिलो सिजनका लागि पाकिस्तानका अनुभवी खेलाडी सोहेल तनविरलाई अनुबन्ध गरेको छ।
२००८ मा राजस्थान रोयल्सबाट खेलेर आइपिएल जितेका उनले पाकिस्तान सुपर लिग जितेका छन्।
पाकिस्तान टिमबाट सन् २००९ को टी-२० विश्वकप जित्नु उनको करियरको सबैभन्दा ठूलो उपलब्धि हो।
‘मैले यसलाई एक चुनौतीका रूपमा लिएको छु। नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरूका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभूति हुनेछ। मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्,’ ३९ वर्षीय बायाँ हाते तीव्र गतिका बलर तनवीरले भने।
उनी चितवनका पाँचौं विदेशी खेलाडी हुन्।
चितवनले रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया) र ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड) लाई भित्र्याएको थियो।