सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)खेल्न दुई विदेशी खेलाडी काठमाडौं आइपुगेका छन्।
हङकङका बाबर हायत र वेस्ट इन्डिजका चाडविक वाल्टन गएराति काठमाडौं आइपुगेका हुन्।
उनीहरू दुबैजना कर्णाली याक्सबाट खेल्दैछन्।
उनीहरूलाई स्वागत गर्न कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामी र अरू व्यवस्थापकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
तस्बिरहरूः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।