आइपिएल २०२५ का लागि मेघा अक्सन आइतबारबाट सुरू भएको छ। विभिन्न आठ टोलीले अक्सन सूचीमा समावेश ५७७ खेलाडीका लागि बोली लगाइरहेका छन्।
दुई दिनसम्म चल्ने अक्सनमा पहिलो दिनमा कीर्तिमानी रकममा विकेकिपर ब्याटर ऋषभ पन्त बिक्री भएका छन्।
उनलाई लखनउ सुपर जायन्टले २७ करोड भारूमा टोलीमा आबद्ध गरेको हो।
त्यसको केहीबेरअघि कीर्तिमानी रकममा ब्याटर श्रेयर अय्यर पञ्जाब किंग्समा आबद्ध भए।
उनलाई पञ्जाब किंग्सले २६ करोड ७५ लाख भारूमा टोलीमा भित्र्याएको थियो।
यसअघि आइपिएलका महँगा खेलाडी अस्ट्रेलियाका माचेल स्टार्क थिए। उनलाई सन् २०२४ को अक्सनमा कोलकता नाइटराइडर्सले २४ करोड ७५ लाख भारूमा टोलीमा आबद्ध गरेको थियो।
अहिलेसम्म बिक्री भएका खेलाडी
अर्शदीप सिंह, १८ करोड भारू, पञ्जाब
कागिसो रबाडा १०.७५ करोड भारू, गुजरात
श्रेयस अय्यर, २६.७५ करोड भारू, पञ्जाब
जोस बटलर, १५.७५ करोड भारू, गुजरात
मिचेल स्टार्क, ११.७५ करोड भारू, दिल्ली
ऋषभ पन्त, २७ करोड भारू, लखनउ
डेभिड मिलर, ७.५० करोड भारू, लखनउ
युजवेन्द्र चहल, १८ करोड भारू, पञ्जाब
मोहम्मद सिराज, १२.२५ करोड भारू, गुजरात
लियाम लिभिङ्स्टन, ८.७५ करोड भारू, बेंगलुरु
केएल राहुल, १४ करोड भारू, दिल्ली