पाकिस्तानविरूद्धको तीन खेलको टी-२० सिरिज घरेलु टोली अस्ट्रेलियाले क्लिनस्विप गरेको छ।
सोमबार होबर्टमा भएको तेस्रो खेलमा ७ विकेटको जित निकालेसँगै घरेलु टोलीले सिरिज ३-० ले जितेको हो।
सोमबार पाकिस्तानले दएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो।
अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले नटआउट ६१ रन जोडे। त्यसअघि मार्थ्यु सर्ट २ रन, जेक म्याकगुर्क १८ रन र जोन इंग्लिस २७ रनमा आउट भएका थिए।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान भने १८.१ ओभरमा ११७ रनमै अलआउट भयो।
पाकिस्तानका लागि बाबर आजमले सबैभन्दा बढी ४१ रन जोड्दा पाकिस्तानका सात ब्याटर दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट भए।
बलिङमा अस्ट्रेलियाका आरोन हार्डलीले ३ विकेट लिए भने स्पेन्सर जोनसन र एडम जाम्पाले २-२ विकेट लिए।
स्टोइनिस प्लेयर अफ दि म्याच हुँदा तीन खेलमा ८ विकेट लिएका स्पेन्सर जोनसन प्लेयर अफ दि सिरिज भए।