बल टेम्परिङमा संलग्न भएको भन्दै एक वर्षे निलम्बनमा परेका अष्ट्रेलियाली पूर्वउपकप्तान डेभिड वार्नरले गल्ती स्वीकार्दै माफी मागेका छन्।
सामाजिक सञ्जाल इस्टाग्राममा स्टाटस लेख्दै वार्नरले आफूबाट गल्ती भएको उल्लेख गर्दै त्यसका लागि माफी मागेका हुन्।
‘क्रिकेटलाई नराम्रो असर पर्ने गल्तीहरू भए, मेरातर्फबाट भएका गल्तीको म जिम्मा लिन्छु माफी माग्छु,’उनले लेखेका छन्।
वार्नरले बल टेम्परिङ प्रकरणले प्रशंसकलाई लागेको दुःख आफूले बुझेको पनि बताएका छन्।
उनले अब परिवार, साथीभाइ र विश्वासिला सल्लाहकारसँग समय बिताउने जानकारी दिएका छन्।
दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल बिगारेको आरोपमा उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय भएको थियो।
विवादमा फसेका उनीहरूलाई अस्ट्रेलियाली क्रिकेट बोर्डले स्टीभ स्मिथ र डेविड वार्नरलाई दक्षिण अफ्रीकाविरूद्ध जारी चौथो टेस्टमा कप्तान र उपकप्तानबाट हटाएको थियो।
आइसिसीले स्मिथलाई म्याच फिको सतप्रतिशत र एक खेल प्रतिबन्ध लगाएको थियो।