सर्लाहीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ।
मंगलबार साँझ पौने ७ बजे सर्लाहीको बागमती नगरपालिका-८ स्थित बरहथवाबाट सोल्टीतर्फ जाँदै गरेको ना २ त २८७ नम्बरको ट्याक्टरले सोही ठाउँमा बस्ने सागर बिष्टकी ४ वर्षीया छोरी प्रनिशा बिष्ट लाई ठक्कर दिएको थियो।
सर्लाही प्रहरीका अनुसार ठक्करबाट ठक्करबाट गम्भीर घाइते भएकी उनलाई दयन्ती अस्पताल नयाँरोडमा प्राथमिक उपचारपश्चात वीरगन्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो।
बयोधा पुर्याइँदा साढे ८ बजे चिकित्सकले बालिकालाई मृत घोषणा गरेको सर्लाही प्रहरीले जनाएको छ।
ट्याक्टर चालक सोही बागमती नगरपालिका-१० का १८ वर्षीय मन्जित रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतक बालिकाको शव अस्पतालमै रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।