चितवनको त्रिशूली नदी किनारमा एक जनाको शव फेला परेको छ।
इच्छाकामना गाउँपालिका-६ कालिखोलास्थित त्रिशूली नदी किनारमा पुरूषको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
अन्दाजी ४५/५० वर्षीय पुरूषको केही अंग नभएको शव फेला परेको हो।
सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेश भालढुंगा र नेपाल प्रहरीको संयुक्त टोलीले आवश्यक मुचुल्का उठाई शव भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको छ।
फेला परेका शवको भने पहिचान हुन सकेको छैन।
शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुन सक्ने आशंका गरिएको छ।