भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षहरू स्वदेश फिर्ता भएका छन्।
नेपाली सेनाको निमन्त्रणामा शिवरात्री र सेनाको स्थापनाको २६२औं वार्षिकोत्सवको अवसरमा काठमाडौं आएका ६ जना सेनाध्यक्षहरू फर्किएका छन्।
मनोज मुकुन्द नरवणे र मनोज पाण्डे बिहीबार फर्किएका थिए।
जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजय कुमार सिंह, दलवीर सिंह सुहाग शुक्रबार फर्किएका हुन्।
उक्त भ्रमणदलले नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमहरूमा सहभागी भएका थिए।
विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गरेको थियो।