काठमाडौंमा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।
काठमाडौं धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ च:मती बस्ने शिवराज दराई पक्राउ परेका हुन्।
उनलाई प्रहरी वृत बालाजुको टोलीले शुक्रबार पक्राउ गरेको हो।
उनको साथबाट एक थान पेस्तोल, म्याग्जिन २ थान, ७ थान गोली राउण्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार शिवराजविरूद्ध प्रहरी वृत्त कीर्तिपुरबाट २०७८ असोज १८ गते अभद्र मुद्दा र २०८० कात्तिक १९ गते लागुऔषध मुद्दा चलेको देखिएको छ।
यस घटनामा थप अनुसन्धान भइरहेको छ।