माथि आकाशे पुल छ। केही पर जेब्राक्रस।
पैदलयात्री भने आकाशे पुलबाट होइन, सडकबाट गाडीलाई हात देखाउँदै हतार हतार बाटो काटिरहेका देखिन्छन्।
काठमाडौंको रत्नपार्क छेउको सडकमा देखिने दृश्य हो यो।
रफ्तार आएका सवारी साधनको परवाह नगरी मानिसहरू बाटो काटिरहेका हुन्छन्।
बागबजार, भृकुटीमण्डप, पुतलीसडक क्षेत्रमा रहेका क्याम्पस, लोकसेवा कक्षा र भाषा पढ्नका लागि विभिन्न ठाउँबाट आउने विद्यार्थीहरू रत्नपार्क हुँदै आउजाउ गर्छन्।
प्रायः हतारमा हुने उनीहरू पुल छाडेर सडकबाटै बाटो काटिरहेका देखिन्छन्। अरू सर्वसाधारण पनि पुल छाडेर सडकबाटै बाटो काटिरहेको देखिन्छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयको छेउमै यस्तो हुनुले दुर्घटनाको जोखिम बढाएको छ।
तस्बिरहरूः
-ink-1740393528.jpeg)
-ink-1740393528.jpeg)
-ink-1740393528.jpeg)
-ink-1740393528.jpeg)
-ink-1740393527.jpeg)
-ink-1740393527.jpeg)
-ink-1740393527.jpeg)
-ink-1740393526.jpeg)
-ink-1740393526.jpeg)
-ink-1740393526.jpeg)
-ink-1740393526.jpeg)
-ink-1740393525.jpeg)
-ink-1740393525.jpeg)
सबै तस्बिरः न्युज एजेन्सी नेपाल