प्रहरीले कपिलवस्तुबाट १४ किलो चरेससहित तीन जनालाई पक्राउ गरेको छ।
शनिबार कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरन्जन भट्टले जानकारी दिए।
शिवराज नगरपालिका-९ बानियाभार बस्ने ६६ वर्षीय शुकलाल घर्ती, रोल्पा थवाङ गाउँपालिका-५ कुशवाङ बस्ने ४९ वर्षीय प्रेमसरि रोका र रूकुम पूर्व भूमे गाउँपालिका-२ काक्री बस्ने २६ वर्षीय सरिता पुन पक्राउ परेका हुन्।
उनीहरूबाट १४ किलो ७७४ ग्राम चरेस फेला परेको हो।
प्रहरीले कपिलवस्तु जिल्ला अदालतबाट १० दिन म्याद अनुमति लिएर अनुसन्धान अघि बढाएको छ।