नेपाली सेनाले सात महिनामा ५६ वटा बम डिस्पोज गरेको छ।
आइतबार जंगी अड्डाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाले ५६ वटा आइइडी बम डिस्पोज गरेको जानकारी दिएको हो।
त्यस्तै ६ वटा होक्स डिस्पोज गरिएको छ।
यो विवरण गत साउन महिनादेखि अहिलेसम्मको हो।
सेनाको बम डिस्पोजल टिमले विभिन्न ठाउँमा सुरक्षित साथ डिस्पोज गर्दै आएको सेनाले जनाएको छ।