राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार कार्यसम्पादन समिति बैठक बसेको हो।
विकसित घटनाक्रमका बारेमा समीक्षा गर्दै भावी कार्यदिशा तय गर्न कार्यसम्पादन समिति बैठक बसेको राप्रपाले जनाएको छ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत केन्द्रीय कार्यसम्पादन समितिका अधिकांश सदस्यहरू सहभागी छन्।
राप्रपासमेतको समर्थनमा जेठ १५ गतेदेखि नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा काठमाडौंमा आन्दोलन गर्दै आएको छ।