नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
जिल्ला अध्यक्ष थारूलगायत नेता, कार्यकर्ताहरूलाई मंगलबार कांग्रेस महामन्त्री गगन थापाले सदस्यता दिँदै पार्टीमा प्रवेश गराएका हुन्।
महामन्त्री थापा कांग्रेस बाँके क्षेत्र नम्बर २ को सम्मेलनका लागि नेपालगञ्जमा छन्।