नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार नेकपा (माओवादी केन्द्र) को आह्वानमा विपक्षी दलहरूको बैठक बस्यो।
यो बैठकमा माओवादी, रास्वपा, एकीकृत समाजवादी सहभागी रहे पनि राप्रपालाई बोलाइएको थिएन।
माओवादीका एक सांसदका अनुसार राप्रपालाई बैठकमा खबर नगरिएको हो। राप्रपा राजावादी आन्दोलनमा सामेल भएको भन्दै विपक्षी दलहरूले बैठकमा नबोलाएका हुन्।
राप्रपासहितको समर्थनमा नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले बिहीबारदेखि काठमाडौंमा राजसंस्था पुनर्स्थापनालगायत एजेन्डालाई लिएर आन्दोलन गर्दैछन्।
यसअघि विपक्षी दल बैठकमा राप्रपालाई पनि बोलाउने गरिएको थियो।
विपक्षी दलहरूको बैठकले गृहमन्त्रीको राजीनामा माग्ने र बजेट ल्याउन नरोक्ने निष्कर्ष निकालेको छ। भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै आएका छन्।