प्रतिनिधि सभाको बुधबारको बैठक सुरू भएको छ।
बिहान ११ बजेका लागि बोलाइएको करिब दुई घन्टा ढिला सुरू भएको हो।
यसअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
सदनमा देखिएको गतिरोध हटाउन सभामुख घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले सदनमा अवरोध गर्दै आएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादीको माग छ।
प्रतिनिधि सभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ।
लाइभ: