सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्सको एलसिभी सेगमेन्टको उत्कृष्ट र सुविधा सम्पन्न मार्कपोलो अल्ट्रा बसहरु इटहरीबाट संचालनमा ल्याएको छ।
Marcopolo Ultra LPO 7.5T 34 S १० थान बसहरु एक कार्यक्रमका बीच सिप्रदी ट्रेडिङ्गको ईटहरी शाखाको हिमशिखर यातायात एण्ड ट्राभल टुर्सलाई औपचारिक रुपमा साँचो हस्तान्तरण गरिएको छ।
नेपाल अधिराज्यभर व्यवसायी तथा सर्वसाधरण यात्रु वर्गबाट रुचाइएको LPO Ultra Marcopolo बस नेपालको पूर्वी भेगमा ठूलो संख्यामा संचालित छ।
साउन ६ गतेदेखि विराटनगरबाट काँकडभित्ता र धरानबाट काँकडभित्तासम्म सेवा संचालनमा आएको गाडीमा सिसिटिभी क्यामेरा, डेस्टिनेसन बोर्ड, एलइडी टिभी, यूपिएसका सुविधाहरु रहेको हिमशिखर यातायातका अध्यक्ष मनोजकुमार प्रधानले जानकारी गराए।