तुलसीपुरका व्यापारी ६० वर्षीय राजकुमार श्रेष्ठको हत्या अगाडि घोराही हापुरका युवा रनबहादुर घर्तीको हत्या भएको प्रहरीले सार्वजनिक गरेको छ।
मंगलबार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा राप्ती अञ्चल प्रहरी प्रमुख एवम् एसएसपी ज्ञान विक्रम शाहले श्रेष्ठ र घर्तीको एकै दिन हत्या गरेको भन्ने बयान पक्राउ परेकाहरुले दिएको जानकारी दिए।
श्रेष्ठको हत्या गर्नुभन्दा आधा घन्टा अघि रनबहादुर घर्तीको हत्या भएको उनले बताए। दाङका प्रहरी प्रमुख एवम् एसपी धिरज प्रताप सिंहले जेठ २६ गते साँझ अपहरणमा परेका श्रेष्ठ र घर्तीलाई २९ गते दिउँसो नै अपहरणकारीले हत्या गरेको खुल्न आएको बताए। तर, हालसम्म रनबहादुर घर्तीको शव फेला नपरेको एसपी सिंहले जानकारी दिए।
सिंहका अनुसार पछिल्लो समय पक्राउ परेका चार जना अभियुक्तको बयानका आधारमा श्रेष्ठको शव फेला परेको दुरीले एक सयदेखि दुई सय मिटरको दुरीमा रनवहादुर घर्तीको हत्या गरेको हुँदा घर्तीको खोजि शुरु भएको बताए।
श्रेष्ठ र घर्तीको अपहरणका मुख्य योजनाकार सार्वजनिकप्रहरीले मंगलवार श्रेष्ठ र घर्तीको अपहरण पछि हत्या गर्ने मुख्य योजनाकार सहित चारजनालाई सार्वजनिक गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ निवासी ३० वर्षीय खुमबहादुर केसी र तुलसीपुर ८ निवासी २८ वर्षीय भूपेन्द्र भण्डारी श्रेष्ठको अपहरणका मुख्य योजनाकार भएको एससी सिंहले जानकारी दिए।
पक्राउ परेका मध्ये खुमबहादुर केसीलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको र उनलाई दाङ ल्याउँदै गरेको पनि एसपी सिंहले जानकारी दिए। त्यस्तै श्रेष्ठलाई फोन गरेर सल्यान घुम्न जान आग्रह गरेर अपहरणमा सघाउने तुलसीपुर ६ स्याउली बजार वस्ने १८ वर्षीया पूजा घर्ती, उनका बाबु ३९ वर्षीय टिकाराम घर्ती र पूजाका मामा नातापर्ने सल्यानको झिम्पे साविक कोरवाङ गाविस वडा नं. ५ घर भई हाल दाङको साविक हेकुली गाविस वडा नं. ४ बस्ने ३७ बर्षीय मानवहादुर भण्डारीलाई वाँकेको डुरुवा गाउँपालिका वडा नं. ६ स्थित नेपाल भारतको सीमानामा पर्ने हिरमोनिया भन्ने स्थानवाट पक्राउ गरिएको जानकारी दिएको छ।
त्यसैगरी तुलसीपुर ९ बस्ने ४१ वर्षीय नारायण वली र भण्डारीलाई तुलसीपुरबाटै पक्राउ गरिएको एसपी सिंहले बताए।
यसअघि सार्वजनक थप चार जनायसअघि प्रहरीले असार १६ गते श्रेष्ठको शव फेला पारेको दिन तुलसीपुरका पत्रकार सम्मेलन गरि थप चार जनालाई सार्वजनिक गरेको थियो। त्यतिबेला रोल्पा जिल्लाको जम्कोट १ घर भइ हाल घोराही उपमहानगरपालिका वडा नं. ४ बस्ने ४० बर्षीय रमेश भन्ने मनबहादुर पुन, पवन नगर १ हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी २३ वर्षीय रूगत थापा मगर, तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी २५ वर्षीय कमल भन्ने अविरल महतरा र घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बजार निवासी ३८ वर्षीया जमा पुनलाई प्रहरीले श्रेष्ठको अपहरण र हत्यामा सम्लग्न भएको भनि सार्वजनिक गरेको थियो।
यी चार जनाको वयानको आधारमा थप चार जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। जेठ २६ गते साँझ शुक्रवार अपहरणमा परेका श्रेष्ठको शव असार १६ गते शुक्रवारकै दिन सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. ४ को रैजेखुटी स्थित घना जंगल (झिम्पे टावरको मुनी) श्रेष्ठको शव फेला परेको प्रहरीले जनाएको छ।
जेट २७ गते विहान व्यापारी श्रेष्ठको बा ११ च १०७१ नम्वरको निजी कार र भारतीय नम्वर प्लेटको एचपी ११८६४८ नं.को भारतीय नम्वर प्लेटको गाडी सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ५ मेलखोलास्थित भित्री कच्ची सडक खण्डमा फेला परेको थियो। श्रेष्ठको कारको हावा फालिएको अवस्थामा फेला परेको थियो। हत्या गरिएका भनिएका घोराहीका रनबहादुर घर्ती भने भारतीय नम्वर प्लेटको गाडीमा चढेर रुकुम तर्फ जाँदै गर्दा अपहरणकारीको फन्दामा परेका थिए।