जब कुनै सार्वजनिक विदा पर्छ वा कुनै समूहले हड्तालको हल्ला फैलाउँछ, तब काठमाडौँका पेट्रोल पम्पहरुमा लामो लाइन सुरु भईहाल्छ।
त्यस्तै दृश्य देखिएको छ पछिल्ला दुई दिनमा। सामान्यतया बिदाका दिन आयल निगमले पेट्रोल लोड गर्दैन। सोमबार मुस्लिमहरुको पर्व इदका अवसरमा सार्वजनिक विदा परेको हुँदा पम्पहरुमा तेल लोड गरिएन।
गत शनिबार बागमति पेट्रोलियम डिलर्स एसासियसनले आफ्ना माग पुरा नगरे विक्री वितरण ठप्प पार्ने चेतावनी निगमलाई दियो।
जसले गर्दा मानिसहरु अभाव हुने हो की भनेर भण्डारण गर्नपट्टि लाग्ने गरेकाले लाइन देखिने गरेको नेपाल आयल निगमका प्रवक्ता सिताराम पोखरेलले बताए।
पोखरेलले भने, ‘काठमाडौँ उपत्यकामा दैनिक करिब चार सय किलोलिटर तेलको माग छ, तर यस समयमा बढेर ६ सय किलोलिटर पुगको छ, लामो लाइनकै कारण माग बढेको हो।’ चुनावका लागि सिमा नाकामा कडाई गरिएको विषयलाई लिएर अफवाह फैलाइएकाले पनि इन्धनको माग बढेको हो। यद्यपी निगमका प्रवक्ताले भने इन्धनको आपूर्ति आजैबाट सहज हुने बताए।
आजैबाट लोड सुरु भएको हुँदा बजार सहज हुने उनले बताए।