अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित १०.१० तिहार महोत्सवको घोषणा गरेको छ।
पहिलोपटक यो सेल असोज २३ गते (अक्टोबर ९) राति ८ बजेबाट सुरु भई असोज ३० (अक्टोबर १६) गतेसम्म चल्नेछ।
महोत्सव अन्तर्गत उपभोक्ताहरूले ७० प्रतिशतसम्म छुट, निशुल्क होम डेलिभरी र १ लाखभन्दा बढीको खरिदमा १० हजार रुपैयाँसम्मको फ्ल्याट भौचर प्राप्त गर्न सक्नेछन्। साथै, दैनिक फ्ल्यास सेल, विशेष अफर र आकर्षक मूल्यका उत्पादनहरू उपलब्ध हुने दराजले जनाएको छ।
यस वर्षको महोत्सवलाई थप आकर्षक बनाउन प्ल्याटिनम पार्टनर ब्रान्डहरू सिताफिल र रोह्टोले ४० प्रतिशतसम्म छुट दिनेछन् भने गोल्ड पार्टनरहरू एइबिबी, ब्राण्डहाउस र मारिकोले ६० प्रतिशतसम्म बचत उपलब्ध गराउनेछन्।
दराजमलमार्फत उपभोक्ताले सय प्रतिशत असली उत्पादनको ग्यारेन्टी पाउनेछन्। यदि कुनै उत्पादन नक्कली भएको प्रमाणित भएमा कम्पनीले तीन गुणा क्यास ब्याक दिने व्यवस्था मिलाएको छ। यसमार्फत सिताफिल, सियाओमी, अल्टिमा लाइफस्टाइल, मसलब्लेज लगायतका अग्रणी ब्रान्डका उत्पादनहरूमा छुट पाउने दराजले जनाएको छ।
तिहारलाई नयाँ लुगा र शैलीको पर्वका रूपमा मनाइने भएकाले महोत्सव अवधिमा बोस्सिनी, किलोमिटर, लोट्टो, भ्यान्स, कन्भर्स, एर्के, नाइक लगायतका फेसन ब्रान्डहरूमा ५० प्रतिशत वा सोभन्दा बढी छुट उपलब्ध गराइनेछ।
त्यसैगरी, उपभोक्ताले न्यूनतम ४ सय ९९ रूपैयाँको खरिद गर्दा छनोट गरिएका उत्पादनमा निशुल्क डेलिभरी सुविधा पाउनेछन्। यसका लागि ग्राहकहरूले दराज एपको होमपेजमा रहेको ‘फ्रि डेलिभरी’ ब्यानरमार्फत भौचर संकलन गर्नुपर्नेछ।
दराज नेपालले यस महोत्सवलाई यस वर्षकै सर्वाधिक फाइदाजनक अनलाइन किनमेल अनुभव बनाउने लक्ष्य लिएको छ।
कम्पनीले उपभोक्तालाई चाडपर्वको रमाइलो अनुभवसँगै आकर्षक अफर र अत्यधिक बचतको लाभ लिन आह्वान गरेको छ।