भर्खरै न्यारो बडी विमान निर्माण गरेको चिनियाँ सरकारी कम्पनी दि कमर्सियल एयरक्राफ्ट अफ चाइना(कोम्याक) र रसिया युनाइटेड एयरक्राफ्ट कोअपरेशन९युएसी०को सयुक्त प्रयासमा वाइड बडी विमान निर्माण गर्ने घोषणा गरेका छन्।
गएको मे २२ मा स्थापना भएको सयुक्त कम्पनीले उक्त विमान निर्माण गर्ने जनाइएको छ। चीनको सांघाईमा रहने उक्त कम्पनीले वाइडबडी विमानको डिजाइन र निर्माण गर्ने लक्ष्य लिएको चिनियाँ संचारमाध्यममा खबर छ।
२८० सिट क्षमताको हुने नयाँ विमान १२ हजार किलोमिटरसम्म व्यावासयिक उडान गर्न मिल्ने हुने जनाइएको छ।