ग्लोबल आइएमई बैंकले आस्बा सेवालाई निशुल्क गरेको छ। विभिन्न कम्पनीहरुले निष्काशन गरेको आइपिओ तथा एफपिओमा आस्बा प्रणालीमार्फत सेयरमा आवेदन गर्दा निःशूल्क सेवा दिइने बैंकले जनाएको छ।
अब ग्लोबल आइएमई बैंकका ग्राहकले खातामै रकम रोक्का गरेर आइपिओ तथा एफपिओमा आवेदन दिन सक्नेछन्। आवेदन क्रममा धेरैजसो बैंकमा सेवा शुल्क लाग्ने गरेकोमा ग्लोबल आइएमई बैंकसहित केहीले निशुल्क गरेका छन्। यसरी आवेदन दिएपछि सेयर नपरेको रकम खातामै फूकुवा हुन्छ। सेयर परेको रकम सम्बद्ध बिक्री प्रवन्धकले बैंकको खातामार्फत नै लिने गर्दछ।
सबै ९५ शाखाहरुबाट यो सेवा उपलब्ध हुने बैंकले जनाएको छ। साथै ग्लोबल आईएमई बैंकको मोबाईल बैकिङ्ग एप “ग्लोबल स्मार्ट” तथा इन्टरनेट बैंकिङ्ग सुविधा “ग्लोबल अनलाईन” सेवाबाट पनि ग्राहकहरुले आईपिओ तथा एफपिओको लागि आवेदन दिन सक्नेछन् ।