नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुलाई चुक्ता पुँजी वृद्धिको समयसीमामा सहजता दिने भएको छ। राष्ट्र बैंक स्रोतका अनुसार थप ६ महिनाको समयावधि बैंक तथा वित्तीय संस्थाहरुले पाउने छन्।
मौद्रिक नीतिको यसअघिको पुँजी वृद्धि योजना सम्वन्धमा २०७४ असारभित्रै तोकिएको चुक्ता पुँजी पुर्याएको वा पुग्ने प्रक्रिया पुरा भएको हुनुपर्ने व्यवस्था रहेको छ। तर कम्पनी ऐनअनुसार उनीहरुलाई चालु आवको नाफाबाट बोनस घोषणा गर्नका लागि साधारण सभा बस्न नयाँ आर्थिक वर्ष सुरु भएदेखि ६ महिनासम्मको समय तोकिएको छ।
बोनस घोषणा गर्नुअघि चुक्ता पुँजीको प्रक्रिया पुरा भएको नहुने भएपछि सहुलियत दिन लागिएको हो।
मौद्रिक नीति र कम्पनी ऐनको समयावधि र भाषा नमिलेपछि ६ महिनाको समयमा सहजता दिन लागिएको स्रोतले जनाएको छ। ‘नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था रहेकाले सो सभाबाट बोनस घोषणा गर्नका लागि बैंकलाई केही सहजता दिइने भएको हो’ स्रोतले भन्यो।
योसँगै पुस मसान्तभित्र बैंकहरुले बोनससहित चुक्ता पुँजीको सम्पूर्ण प्रक्रिया पुरा गरेको हुनुपर्ने छ। मौद्रिक नीतिअनुसार वाणिज्य बैंकहरुले ८ अर्ब, राष्ट्रियस्तरका विकास बैंकले साढे २ अर्ब, ४ देखि १० जिल्ले विकास बैंकको १ अर्ब २० करोड, १ देखि ३ जिल्ले विकास बैंकले ५० करोड चुक्ता पुँजी पुर्याउनुपर्दछ।
त्यस्तै राष्ट्रियस्तरका फाइनान्स कम्पनीले ८० करोड, एकदेखि तीन जिल्ले फाइनान्स कम्पनीले ४० करोड पुर्याउनुपर्दछ।
बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमास विवरणअनुसार कसको चुक्ता पुँजी कति छ ?
बैंक |
चुक्ता पुँजी |
जगेडा कोष |
नबिल बैंक |
६ अर्ब १८ करोड |
८ अर्ब ९ करोड |
नेपाल इन्भेष्टमेन्ट बैंक |
८ अर्ब ७४ करोड |
९ अर्ब ९५ करोड |
नेपाल बैंक |
७ अर्ब ४५ करोड |
२ अर्ब ७६ करोड |
कृषि विकास बैंक |
७ अर्ब ८ करोड (साधारण) |
८ अर्ब ६८ करोड |
स्टाण्डर्ड चार्टड बैंक |
३ अर्ब ७४ करोड |
४ अर्ब ८३ करोड |
ग्लोबल आइएमई बैंक |
७ अर्ब २४ करोड |
३ अर्ब १२ करोड |
एभरेष्ट बैंक |
४ अर्ब ६० करोड |
५ अर्ब ४३ करोड |
नेपाल एसबिआई बैंक |
४ अर्ब ९७ करोड |
३ अर्ब ११ करोड |
हिमालयन बैंक |
६ अर्ब ६१ करोड |
४ अर्ब ५१ करोड |
सिद्धार्थ बैंक |
५ अर्ब २५ करोड |
२ अर्ब ८२ करोड |
एनआइसी एसिया बैंक |
६ अर्ब ३५ करोड |
३ अर्ब ६ करोड |
एनएमबि बैंक |
६ अर्ब ४६ करोड |
४ अर्ब ७ करोड |
सानिमा बैंक |
५ अर्ब ३० करोड |
१ अर्ब ७४ करोड |
सिटिजन्स बैंक |
५ अर्ब ८७ करोड |
२ अर्ब १७ करोड |
नेपाल बंगलादेश बैंक |
५ अर्ब ५१ करोड |
२ अर्ब ८५ करोड |
सनराइज बैंक |
५ अर्ब ४५ करोड |
२ अर्ब ३ करोड |
लक्ष्मी बैंक |
३ अर्ब १५ करोड |
४ अर्ब ३२ करोड |
माछापुच्छ्रे बैंक |
६ अर्ब ५९ करोड |
१ अर्ब ७५ करोड |
बैंक अफ काठमाण्डु लुम्बिनी |
५ अर्ब ६२ करोड |
३ अर्ब ३ करोड |
प्रभु बैंक |
५ अर्ब ८८ करोड |
१ अर्ब ८९ करोड |
मेगा बैंक |
४ अर्ब ५८ करोड |
१ अर्ब २ करोड |
कुमारी बैंक |
३ अर्ब २६ करोड |
१ अर्ब १४ करोड |
सेन्चुरी कमर्सियल बैंक |
३ अर्ब ६८ करोड |
९३ करोड २८ लाख |
प्राइम कमर्सियल बैंक |
५ अर्ब ७९ करोड |
१ अर्ब ९१ करोड |
एनसीसी बैंक |
४ अर्ब ६७ करोड |
२ अर्ब ३९ करोड |
सिभिल बैंक |
४ अर्ब ५८ करोड |
१ अर्ब ३१ करोड |
जनता बैंक |
४ अर्ब ६४ करोड |
८४ करोड |