ओप्पोले दुई वटा नयाँ स्मार्टफोन बजारमा ल्याएको छ। आर इलेभेन र आर इलेभेन प्लस नामक दुई वटा स्मार्टफोन उसले चीनमा सार्वजनिक गरेको छ।
नेपालमा पनि सो मोबाइल सार्वजनिक गर्ने प्रक्रियामा ओप्पो रहेको छ। दुईवटै स्मार्टफोनमा पावरफुल क्यामरा जडान गरिएको छ। फोनको अगाडि २० र पछाडि १६ मेगापिक्सलको क्यामरा जडान गरिएको छ।
आर इलेभन प्लसमा मा ६ इन्चको डिस्प्ले छ भने ६ जिवी र्याम राखिएको छ। स्मार्टफोनमा ६४ जिवी इन्टरनल मेमोरी छ। आर इलेभनमा ५ दशमलव ५ इन्चको डिस्प्ले छ । दुवैको ब्याट्री क्षमता २९ सय एमएएच छ।
आर इलेभेन प्लसको मूल्य ५ सय अमेरिकी डलर तय गरिएको छ। भने आर इलेभनको मूल्य सो भन्दा केही कम रहेको ओप्पोले जनाएको छ।