क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्सन सार्वजनिक गरेको छ। मध्यम वर्गीय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री ब्ल्याक भर्सनको मूल्य ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ।
ओप्पोले एफथ्री प्लसपछि सार्वजनिक गरेको एफथ्री गोल्ड भर्सन, डुअल फ्रन्ट क्यामेरासहित गु्रप सेल्फी पुस्ता लक्षित दोस्रो स्मार्टफोन सार्वजनिक गरेको हो।
ओप्पो एफथ्रीमा डुअल फ्रन्ट क्यामेरा उपलब्ध छ। एकल सेल्फीका लागि फोनमा १६ मेगापिक्सेल र गु्रप (सामुहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको क्यामेरा जडान गरिएको छ।
कम्पनीका अनुसार एफथ्रीको ब्ल्याक भर्सन नेपाली बजारमा जेठ २७ देखि प्रमुख मोबाइल विक्रि केन्द्रहरु मार्फत सर्वत्र उपलब्ध हुनेछ। ‘उपभोक्ता मागको सुनुवाइ गर्दै तिनको आवश्यकता अनुरुप उत्पादन उपलब्ध गराउनु हाम्रो प्रमुख प्राथमिकता हो’ ओप्पो एफथ्रीको ब्ल्याक भर्जन सार्वजनिक गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ‘नेपाल प्रवेश गर्दा देखिनै हाम्रा उपभोक्ता, तिनमा पनि विशेषगरी यूवा पुस्ताले फोनमा रङ्को विकल्प माग गर्दै आइरहेका थिए।’
डुअल सेल्फी क्यामेराका साथै, ओप्पो एफथ्रीमा १३ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा उपलब्ध छ। यसमा पीडीएएफ प्रविधिका साथै १÷३ ईञ्च सेन्सर पनि जडान गरिएको छ । एफथ्रीमा ४ जीबी र्याम र ६४ जीबी रोम सहितको कलर ओएस ३.० (सञ्चालन प्रणाली) र ओक्टा–कोर प्रोशेसर छ।
यसले मल्टिटास्किङका साथै, तिब्र गतिको कार्य सम्पादन क्षमताको सुनिश्चितता प्रदान गर्छ । फोनमा जडान गरिएको ट्रिपल स्लोट कार्ड ट्रेमा दुई ओटा नानो सिम र मोइक्रोएसडी कार्डको एकसाथ प्रयोग गर्न सकिन्छ। प्रयोगकर्ताले लामो समयसम्म फोनको निरन्तर प्रयोग गर्ने सुविधा प्राप्त गरुन् भन्ने सोचका साथ यसमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीले वास्तविक प्रयोगद्वारा फोनमा रहेको ब्याट्रीको परिक्षण गरिँदा फोनले निरन्तर १५ घण्टा काम गरेको जानकारी दिएको छ।