जर्मनीको सनसनीपूर्ण खबर पत्रिका ‘डे स्पेगल’ले सन् २००९ मा अमेरिकामा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले एउटी युवतीलाई बलात्कार गरेको र सो खबर गुपचुप राख्न २ सय ५८ हजार युरो दिएको खबर छापेपछि ठूलो खुलासा भएको हो।
रोनाल्डोको फुटबल क्यारिएरमा शुरूदेखि नै काम गर्दै आएको कम्पनी गेस्टफुटले यो खबरलाई झुट बताउँदै फिक्सन पत्रकारिताको झुटो खबर भएको प्रेस बक्तब्यनै निकालेको छ। रियल म्याड्रिडका स्ट्राइकर र अहिलेका बिश्व प्रथम फूटबल खेलाडी रोनाल्डो अदालत गएर मानहानिको मुद्दा हाल्ने योजनामा रहेको सो कम्पनीले बताएको छ।