कहीँ नभएको जात्रा हाँडीगाउँमा — यो कथा हाँडीगाउँको सत्यनारायण जात्रासँग सम्बन्धित छ।
यो कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा हुने जात्रा हो।
यसमा तीन वटा रथ हुन्छन्। अरू जात्राको रथमा सबभन्दा माथि गजुर हुन्छ भने यो जात्रामा गजुरभन्दा माथि देवता (नारायण) राखिएको हुन्छ। त्यसैले पनि यसलाई 'कहीँ नभएको जात्रा हाँडीगाउँमा' भनिएको हो।
किम्बदन्तीअनुसार परापूर्वकालमा हाँडीगाउँको राजपरिवारका दिदीबहिनीबीच बच्चा जन्माउन दैवी शक्ति चाहिन्छ भन्ने विषयमा विवाद भएछ। दिदीको भनाइ अस्वीकार गर्दै बहिनीले आफ्नै बलमा बच्चा जन्माउन सकिन्छ, ईश्वर (नारायण) को शक्ति आवश्यक छैन भन्ने धारणा राखिछन्।
यही धारणाले १२ वर्षसम्म पनि बच्चा नजन्मेर बहिनीले साह्रै कष्ट भोग्नुपरेको कथा छ।
त्यसपछि ज्योतिषीलाई देखाउँदा उनले नारायणलाई हेला गर्नाले यस्तो स्थिति आएको बताएछन्। रिसाएर हिमालमा गएर बसेका नारायणलाई फर्काउन कहीँ नभएको तरिकाले जात्रा चलाइएको किम्बदन्ती छ।
तस्बिरमा हेर्नुहोस्, यसरी मनाइयो हाँडीगाउँ जात्रा —

























