अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङ अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाको फुटबल सामाजिक उत्तरदायित्व कमिटीमा मनोनित भएका हुन्।
उनी गत साता यो कमिटीमा मनोनित भएका हुन्। यो समितिको अध्यक्षमा म्यानमारका जउ जउ छन् भने अर्जेन्टिनाका जाभियर जानेटी उपाध्यक्ष छन्।
कमिटीमा नेम्बङसहित २२ जना सदस्य छन्।
यस्तै एन्फा केन्द्रीय सदस्य सरिला श्रेष्ठ युथ गर्ल्स कम्पिटिसन कमिटीमा मनोनित भएकी छिन्।
कमिटीको अध्यक्षमा बहमासकी अन्या जेम्स छन् भने उपाध्यक्ष फिजीकी नाजिया अली छन्।
सदस्यमा नेपालकी सरिलासहित २० जना रहेका छन्।
उल्लेखित कमिटीले सम्बन्धित क्षेत्रमा नीति निर्माणदेखि विभिन्न योजनाका सुझाव फिफा काउन्सिलमा प्रस्तुत गर्न सक्छ भने फिफाले उनीहरूलाई सम्बन्धित क्षेत्रको कामको जिम्मेवारी समेत दिने गर्छ।