Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, भदौ ५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

ममता

विष्णुप्रसाद सुवेदी

पुस २१

आँगनको डिलमा
बकैनाको कमजोर हाँगामा 
असिना पानीसँग 
सिपाहीजस्तै भिड्दै
झोकाका लहरसँग झुल्दै
बचेरो च्यापेर बसेकी चरी
चारोको खोजीमा 
खुलेको आकाशतिर हेरेर उड्छे
लाछिएका पातहरू
निचोरिएका मुनाहरू
बचेरोले पत्तै नपाई 
फेरि पलाउँछन् 
उसैका प्वाँखसँगै
थाहा छैन उसलाई
कति कठोर हुन्छन्
व्याधाका जालहरू 
कति निठुर हुन्छन् 
शिकारीका फित्कौलीहरू
अनि
पंख हुनु र नहुनुको अर्थ।

अनि यता 
त्यसैगरी 
दह्रिँदैछन् एकथान पाइलाहरू
अनि त्यसैको पछि लाग्दै
दैलामा ठेस लाग्नुभन्दा पहिल्यै
लड्छन् अन्तै मोतीका दानाहरू
अलि बेरमा
छाडिएका ठेला मकै अनि 
चौटा छानेको झोलमा तृप्त हुनेछ
त्यो आत्मा
अनि 
झारिदिनेछ ममताका पोषिला धाराहरू
देवताहरू झुकेर 
सृष्टि लम्पसार परेर
हेर्नेछ त्यही दृष्य
अनि त्यहाँ 
एकैपटक 
ब्रह्माण्डभरि छरिएका
हार्नेछन् सम्पूर्ण राहुहरू
थाहा छैन होला तिमीलाई 
दैवले पनि हार्नुपर्छ उनीसँग
हो, उनै आमा हुन् 
जसले हत्केलामा सन्तानको संसार घुमाएर 
हरदम त्यसको मियो सुमसुम्याउछिन्
नपत्याए
हेर ऊ त्यहाँ ती तारा 
यी तिनै आमाका आँखा हुन्
जुन कुनै दिन आफ्नै सन्तानका लागि 
ब्रह्मनालबाट समेत आशिष दिएर नथाकेर
बिदा मागेर गएपछि पनि 
अनेक अनेक स्वरुपमा
चिम्लन नसकेर हेर्न आएका हुँदा हुन्
एकटकले हेर्दै
अझै पनि माग्दै
अरु एकथान खुसीहरू 
आफ्ना सन्तानका लागि।

प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  ११:३०
सिफारिस
शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे
शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे
विद्यालय र विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाउने व्यवस्था विधेयकमा राखौं: सुमना श्रेष्ठ
विद्यालय र विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाउने व्यवस्था विधेयकमा राखौं: सुमना श्रेष्ठ
ताली पड्काएर बहस गर्ने भिक्षुहरू!
ताली पड्काएर बहस गर्ने भिक्षुहरू!
बलभद्र कुँवर 'खुबैसित लडेको' नालापानी जोगाउनेहरू
बलभद्र कुँवर 'खुबैसित लडेको' नालापानी जोगाउनेहरू
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
लिपुलेकबारे भारतले भन्यो– नेपालको दाबी कृत्रिम र एकपक्षीय
लिपुलेकबारे भारतले भन्यो– नेपालको दाबी कृत्रिम र एकपक्षीय
'गैंडा देख्दा कन्पारो तात्थ्यो, अचेल हेरिरहूँ लाग्छ'
'गैंडा देख्दा कन्पारो तात्थ्यो, अचेल हेरिरहूँ लाग्छ'
ह्वाइट हाउसमा युरोपेली नेताहरूसँग वार्तापछि ट्रम्पले भने- ७ वटा युद्ध रोकेँ
ह्वाइट हाउसमा युरोपेली नेताहरूसँग वार्तापछि ट्रम्पले भने- ७ वटा युद्ध रोकेँ
एमालेमा फरक मतलाई निषेध!
एमालेमा फरक मतलाई निषेध!
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

धन ठुलो कि विद्या?
बिपिन, तिमी अवश्य फर्किनेछौ
जेल भित्रको अर्को पाटो!
आफ्नाको विष!
जब माया देशसँग ठोक्किन्छ…
भिडभाड सहर, लाखौँ सपना तर रित्तो मन!

विचार

चेतनाथ आचार्य
ताली पड्काएर बहस गर्ने भिक्षुहरू! चेतनाथ आचार्य
मुराहरि पराजुली
संघीयता महँगो र कल्याणकारी राज्य सस्तो हुन्छ? मुराहरि पराजुली
मञ्जित ढकाल
जलवायु संकटमा अन्तर्राष्ट्रिय न्यायालयको रायः नेपालका लागि कति महत्त्वपूर्ण? मञ्जित ढकाल
रमेश अधिकारी
स्वमूल्यांकनसँग किन डराए राजनीतिक दल? रमेश अधिकारी

ब्लग

सरोजकुमार महतो
म पनि बिदेसिनु र? सरोजकुमार महतो
प्रकाश आचार्य
कमाउन थालेदेखि नै हो पैसाको कमी भएको! प्रकाश आचार्य
द्वारिका प्रसाद घिमिरे
कसरी बच्ने अनलाइन ठगीबाट? यी हुन् २१ उपाय द्वारिका प्रसाद घिमिरे
मोनिका लोहनी
ला, पैसै छैन! मोनिका लोहनी

साहित्यपाटी

रविन न्यौपाने
धन ठुलो कि विद्या? रविन न्यौपाने
हेमराज शर्मा
बिपिन, तिमी अवश्य फर्किनेछौ हेमराज शर्मा
विदुर दाहाल
जेल भित्रको अर्को पाटो! विदुर दाहाल
रत्नाखर काफ्ले
आफ्नाको विष! रत्नाखर काफ्ले

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP