नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट कर्पोरेशन (जिआइजेड) सँगको सहकार्यमा रिप–ग्रीन परियोजना अन्तर्गत ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा ऊर्जा दक्षता प्रवर्द्धनमा बैंकहरूको भूमिका, त्यसले उद्योगको ऊर्जा खपत र सञ्चालन लागत घटाउन गर्ने प्रभाव, तथा दिगो आर्थिक विकासमा पर्ने योगदानबारे प्रशिक्षण प्रदान गरिएको संघले जनाएको छ।
काठमाडौं, बुटवल, भैरहवा, पोखरा, बिराटनगर, वीरगञ्ज, चितवन र नेपालगञ्जमा आयोजित कार्यक्रममा ८ बैंकका प्रदेश प्रमुख र शाखा प्रबन्धकसहित २०० भन्दा बढी बैंक अधिकारी सहभागी थिए।
संघले दिगो तथा हरित वित्तीय अभ्यासलाई अझ मजबुत बनाउँदै लैजान प्रतिवद्धता जनाएको छ।