दाङमा सुविधासम्पन्न बस भित्रिएका छन्।
तुलसीपुरस्थित अम्बिकेश्वरी प्रालिले ९०/९० लाखका दुई बस भित्र्याएको छ। अम्बिकेश्वरीका यी बसले सोमबारदेखि दाङ–काठमाडौं रुटमा रत्रिकालीन सेवा सुरू गर्दैछन्।
यो रूटको सामान्य भाडा एक हजार ५० रुपैयाँ तिर्नुपर्छ भने यी बसमा चढ्ने यात्रुले साढे १२ सय रुपैयाँ तिर्नुपर्छ।
एबिएस अर्थात एन्टी ब्रेकिङ सिस्टम (अटोमेटिक रोकिने) प्रविधि जडित बसमा सिट बेल्ट छ। अगाडि, पछाडि सिसिटिभी पनि छ।
अन्य बसकोभन्दा आरमदायी सिट यसमा छ। रात्रिकालीन यात्रुलाई ओढ्नका लागि हरेक सिटमा ब्लाङ्केट पनि राखिएको छ।
एसी चलाउँदा कुनै यात्रुलाई चिसो महसुस भए ओढ्न सक्नेछन्। कम्पनीका सचिव घनश्याम बस्नेतले बसमा फ्रि वाइफाइ सुविधा समेत रहेको जानकारी दिए।
यात्रुहरुको सुविधाका लागि थप बसहरु भित्र्याउने तयारी रहेको उनले बताए।