उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकारले मुलुकलाई आत्मनिर्भर बनाउन साना तथा मझौला घरेलु उद्योगको विकासमा जोड दिएको बताएका छन्।
मन्त्री यादवले साना तथा घरेलु उद्योगमार्फत् उत्पादन बढाएर मुलुकमा विद्यमान व्यापार घाटालाई कम गर्ने योजना पनि अघि सारे।
आइतबार काठमाडौंमा आयोजित दक्षिण एशियाली साना तथा मझौला उद्यम फोरमको तेस्रो शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले आधुनिक प्रविधिको प्रयोग गर्दै साना तथा मझौला घरेलु उत्पादनको वृद्धि गर्न आफूहरू लागि पर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री यादवले नेपाललाई विकासशील राष्ट्र बनाउन पनि यहाँको साना तथा मझौंला उद्यमहरूको विकास गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।
दक्षिण एशियाली राष्ट्रहरूको साना तथा मझौला उद्योगहरूको विकासलाई सहज ढंगले अघि बढाउन आवश्यक कार्ययोजना तय गर्न शिखर सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा दक्षिण एशियाली राष्ट्रका १ सय ५० जनाभन्दा बढि साना तथा मझौला उद्यमीहरू सहभागी भएका छन्।
https://youtu.be/q3-_-zieXWg