नेपाललाई पर्वतीय र साहशिक पर्यटनको केन्द्र बनाउने सकिने दीर्घकालिन उद्देश्यसहित एक्स्पो चैत ९ देखि काठमाडौंमा ‘ग्लोबल एडभेन्चर एण्ड माउन्टनेरिङ एक्स्पो’ हुने भएको छ।
नेपाल पर्यटन बोर्ड र हाउस अफ राजकर्णिकारले सयुक्तरुपमा आयोजना गर्ने उक्त कार्यक्रममा विश्वभरका साढे दुईसय विज्ञ तथा सरोकारवालाको सहभागिता रहने आयोजकमध्येका एक विरेन्द्रराज राजकर्णिकारले जानकारी दिए।
नेपालको साहसिक पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापाले जानकारी दिइन्। एक्स्पोमा विश्वका माउन्टनेरिङ क्षेत्रमा उपयोग हुने नयाँ–नयाँ प्रविधिको बारेमा पनि जानकारी लिने व्यवस्था पनि गरिनेछ ।
पर्वतीय र साहसिक पर्यटनका हरेक पक्षमा छलफल हुने राजकर्निकारले जानकारी दिए। साहसिक पर्यटनको खानी भएपनि नेपालले त्यसरी ब्रान्डिङ नगरेको उनको भनाइ छ।
सरकारले साहसिक पर्यटनलाई केनद्रविन्दुमा राखेर नीतिगत निर्णय गर्नुपर्ने उनको सुझाव छ।
‘भूकम्प पछि नेपालमा साहसिक पर्यटकको संख्या बढेको छ’ उनले भने,‘त्यही कुरालाई ध्यानमा राखेर सरकारको पर्यटन नीतिमै एड्भेन्चरलाई प्राथमकिता दनि पर्यो।’
साहसिक पर्यटनको केन्द्र हब नेपाललाई बनाउन त्यससँग सम्बन्धित कपडादेखि नेपाली जनक्तीको विश्वव्यापकिरण गर्न सकिने आयोजकहरुको विश्वास छ।
४ दिनसम्म चल्ने एक्स्पोमा ३० भन्दा बढि साहसिक पर्यटन र खेलसँग सम्बन्धित कम्पनीहरु सहभागी हुनेछन । विश्वका विभिन्न मुलुकबाट २ सय ५० जनाभन्दा बढि पर्यटन विज्ञहरु पनि एक्स्पोमा सहभागी हुने बताइएको छ । एक्स्पोमा ३ हजार बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । विश्व पर्यटन बजारमा नेपाललाई साहसिक पर्यटन प्रवद्र्धन गर्न सकिने देशकोरुपमा लिने गरिन्छ ।