सरकारले एशियाली विकास बैंक ‘एडीबी’ को नेपालमा सञ्चालित परियोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले एडीबीको नेपालमा सञ्चालित परियोजनाहरू समयमै सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।
शुक्रबार एडीबीको नेपालमा संचालित परियोजनाको समिक्षा बैठकमा बोल्दै उनले नेपाल सरकार एडीबीसँगको सहकार्यलाई अझै बलियो बनाउन तयार रहेको पनि स्पष्ट पारे।
सचिव अधिकारीले नेपालमा सञ्चालित परियोजना समयमै सम्पन्न गर्ने काममा एडीबीले पनि विशेष जोड दिनुपर्ने खाँचो समेत औंल्याए।
पछिल्लो समय एडीबीले नेपालको पूर्वाधार विकासका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।